वीरगन्ज, श्रावण २४ -
परीक्षामा कडाइ गरेपछि यहाँस्थित नारायणी अञ्चल यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमतिपत्र -लाइसेन्स) लिनेको संख्या ८५ प्रतिशत घटेको छ । लाइसेन्स वितरणमा आर्थिक चलखेल हुने गरेको चौतर्फी गुनासोसँगै प्रहरी प्रमुख रमेश खरेलले परीक्षा प्रणाली पारदर्शी बनाएपछि लाइसेन्स लिनेको संख्या ह्वात्तै घटेको हो ।
नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक -असई) र नेपाली सेनाका लेफटनेन्टसमेत ट्रायलमा अनुत्तीर्ण भएका छन् । यहाँस्थित अञ्चल यातायात कार्यालयमा साउन महिनाका लागि लाइसेन्स लिन ८ सय ५१ जनाले आवेदन दिएका थिए । यसमध्ये १ सय २२ जना मात्र उत्तीर्ण भएका छन् । प्रत्येक महिना कम्तीमा २ हजारले आवेदन गर्ने कार्यालयमा खरेलकै कारण आवेदकको संख्या घटेको थियो । लिखित र ट्रायल परीक्षामा जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि प्रहरी निरीक्षकले कडाइ गरेका थिए । विगतमा आवेदन दिने सबैजसोले लाइसेन्स पाएको कार्यालयको तथ्यांकले देखाउँछ ।
परीक्ष्ाामा कडाइ गरी दक्ष चालकले मात्र लाइसेन्स पाउने अवस्था सिर्जना गर्न जिल्ला प्रहरीका प्रतिनिधिलाई निर्देशन दिएको एसपी खरेलले बताए । 'पैसाको भरमा जोसुकैलाई लाइसेन्स दिने परम्पराले सडक दुर्घटना बढाएको छ,' उनले थपे, 'मैले यातायातका हाकिमलाई निर्देशन दिन नमिले पनि आफ्ना प्रतिनिधिमार्फत अनियमिता रोक्ने प्रयास गरेको हुँ ।' कडाइले निरन्तरता पाउने जनाउँदै उनले घूस खुवाएर लाइसेन्स लिनेका लागि वीरगन्जमा ढोका बन्द भएको बताए ।
यातायात कार्यालयमा अनियमितताले सीमा नाघेका कारण परीक्षामा अनुपस्थित भए पनि घरमै बसीबसी लाइसेन्स पाउने अवस्था थियो । कार्यालयको तथ्यांकअनुसार गत वैशाखमा २ हजार ६ सय ९९ र जेठमा ३ हजार ३१ जनाले आवेदन दिएका थिए । परीक्षामा उपस्थित भएका सबै उत्तीर्ण हुने गरेको कार्यालयसम्बद्ध स्रोतले जनायो । कार्यालयका अनुसार राजनीतिक दल र विद्यार्थी संगठनका नेता, सभासद, सञ्चारकर्मीलगायतको सिफारिस आउने गरेको थियो । 'भूमिगत सशस्त्र समूहका कार्यकर्ताले समेत फोन गरी सिफारिस गर्थे,' एक अधिकृतले भने ।
कडाइ गरेका कारण निष्पक्ष भएर काम गर्न पाएको शाखा अधिकृत दुर्गा नेपालले बताए । उनका अनुसार आवेदन बढी परेका कारण बिहान ७ बजेदेखि राति ११ बजेसम्म काम गर्नुपरेको थियो । ०६७ जेठमा ६ हजार १ सय ४३ जनाले लाइसेन्स लिएका थिए । लाइसेन्स वितरणको समयमा भ्याइ नभ्याई हुने कर्मचारीले आरामले काम गर्न पाएका छन् ।
पैसा खर्च गरेपछि सवारी हाँक्न नजाने पनि लाइसेन्स निश्चित हँुदा राजधानीलगायतका सहरबाट आवेदकको ओइरो लाग्थ्यो
Wednesday, August 10, 2011
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment