Saturday, August 6, 2011
मोबाइल सेटबाट रोग संक्रमण
Saturday, August 06, 2011
No comments
माधव बराल (कास्की) मोबाइलको ध्वनि तरंगले मानव स्वास्थ्यमा असर गर्छ भन्ने जानकारी भए पनि मोबाइल सेटबाट पनि रोग संक्रमणको खतरा भएको सबैलाई थाहा नहुन सक्छ।हामीले प्रयोग गर्ने मोबाइल सेट, रोगको कीटाणु सार्ने माध्यम बनेको एक अनुसन्धानले देखाएको छ। अनुसन्धानको रिपोर्टअनुसार स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले मोबाइल सेटलाई प्रयोग गर्दा र्सतर्कता अपनाउनुपर्ने देखिएको छ। अन्य व्यक्तिले पनि अस्पताललगायत बिरामी भएको ठाउँमा सकेसम्म मोबाइल नलैजान चिकित्सकले सुझाव दिएका छन्। पश्चिमाञ्चल क्षेत्रमा विगत एक वर्षा स्वास्थ्य क्षेत्रमा भएका अनुसन्धानका बारेमा जानकारी गराउन पोखरामा आयोजित कार्यक्रममा दिएको जानकारीअनुसार पोखराको मनिपाल शिक्षण अस्पतालमा गरिएको अनुसन्धानले मोबाइल सेटबाट सरुवा रोगको संक्रमण हुने खतरा देखिएको हो। मनिपालका डाक्टर अभिषेक गौरले गरेको अनुन्धानले मोबाइल सेटले सरुवा रोगको कीटाणु सारेर फोक्सो, छाला, खुला घाउलगायतमा असरको खतरा रहेको देखाएको छ। अनुसन्धानमा संलग्न चिकित्सकका अनुसार मोबाइल सेटलाई परीक्षण गर्दा सरुवा रोगका कीटाणु भेटिएका थिए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना तथा गण्डकी मेडिकल टिचिङ कलेज एन्ड रिर्सच सेन्टरको सहकार्य भएको कार्यक्रममा डाक्टर निर्मल लामिछानेले मोबाइलको सेटबाट रोगको संक्रमणको खतरा रहेकाले स्वास्थ्य क्षेत्रका संवेदनशील ठाउँ आईसीयूलगायतमा मोबाइल लान नहुने बताए। उनका अनुसार दर्ीघ बिरामीमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुने हुनाले त्यस्ता बिरामी भएको ठाउँमा पनि मोबाइल प्रयोग नगर्न अनुसन्धानले सुझाएको छ। चिकित्सकले अस्पतालमा बिरामी भेट्न जाँदा पनि सकेसम्म मोबाइल नलान सबैलाई आग्रहसमेत गरेका छन्। अनुसन्धानमा भएका प्रगतिका बारेमा जानकारी दिन आयोजित कार्यक्रममा विभिन्न १४ वटा विषयमा अनुसन्धानपत्र प्रस्तुत गरिएको परिषद्का प्रमुख डा. चोपलाल भुसालले जानकारी दिए।
Subscribe to:
Post Comments (Atom)






0 comments:
Post a Comment